काठमाडौं । कोरोना संक्रमणका कारण सिरहामा थप एक जनाको ज्यान गएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर घर भएकी ३३ वर्षीया महिलाको ज्यान गएको हो ।
लामो समय देखि ज्वरो आएकी उनी जनकपुरस्थित काब्या अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमै पीसीआर परीक्षण गर्दा ती महिलालाई कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।
उपचारकै क्रममा उनको आइतबार साँझ ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाले जनाएको छ।
योसँगै जिल्लामा कोरोना भइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।