Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पहिरोले पाँच घर पुर्यो, एक बेपत्ता


    सोमबार, भाद्र २९ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो 

    गलकोट । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता हुनुभएको हो ।

    परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो । पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्याएको प्रहरीले बताएको छ । घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ ।  रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार