काठमाडौ, १६ चैत ।लकडाउनको समयमा न्यून आय भएका तथा मजदुरी गरि जिविकोपार्जन गर्दै आएका नागरिकलाई तत्काल राहत दिन नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारसँग आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड १९)को रोकथामको लागि सरकारले एक साता अगाडी मुलुकभर लकडाउन गरेको छ । लकडाउनमा परि ज्यालादारीमा काम गर्ने मजदुरको परिवारमा समस्या भएको छ ।
उनले सामाजिक सञ्जालमार्फत न्यून आय भएका गरिब, दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी र साना तथा सामान्य व्यवसायीका लागि नगद वा आवश्यक खाद्य सामग्री वितरण गर्ने व्यवस्था तत्काल गरि कार्यान्वयनमा ल्याउन सुझाव दिए ।
व्यवसायीहरूमार्फत नै दैनिक उपभोग्य वस्तुको सहज र सुपथ मुल्यमा उपलब्ध गराउने सुनिश्चितता गरी नियमित अनुगमनको समेत ब्यबस्था गरियोस र भ्रष्टाचार, कालोबजारी साथै कृतिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन् ।
कोभिड १९ संक्रमित पहिचान गर्न र संक्रमण भएका नागरिकको स्वास्थ्य सुरक्षामा संवदेनशील हुन सुझाव दिए । उनले भने, ुतत्काल परिक्षणको क्षमता बृद्धि गर्न आबश्यक ब्यबस्था गरियोस,सातै प्रदेशमा परिक्षणको व्यवस्था तत्काल गरियोस, स्वास्थ्यकर्मिलाई आबश्यक सुरक्षा उपकरण ,परिक्षण उपकरण,स्वास्थ विमा उपलब्ध गराइयोस ।ु
स्वास्थ्य उपकरणहरु खरिद गर्दा पारदर्शिता कायम गर्न उनको माग छ । यस्तै नेता पौडेलले यस समयमा खटिने अत्यावश्यक सेवाका कर्मचारी, सुरक्षा निकाय लगायतका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ विमा गरि काम गर्न अझ प्रोत्साहन गनुपर्नेमा जोड दिए ।
नेपाल राष्ट्र बैंकले ब्याज दर कटौती गर्दै ऋणको सावाँ तथा ब्याज भुक्तानी गर्ने समय तीन महिना थप गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुपर्ने उनले बताए । नागरिकलाई बैंकिङ्ग, वीमा लगायत पूँजी बजारमा अनलाइन कारोबार तथा भुक्तानी प्रणालीको विकास गरी त्यस्तो कारोबार निशुल्क हुने व्यवस्था तत्काल मिलाउन पौडेलको सुझाव छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend