Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त


    आइतबार, भाद्र २८ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् ।

    भदौ १५ गते कोरोना पुष्टि भएका शाक्यको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो । परीक्षणका लागि स्वाव शनिबार दिएको र आज नेगेटिभ रिपोर्ट आएको हो । 

    अब केही दिन निवासमै आरामपछि उनी नियमित काममा फर्किने उनको सचिवालयले जनाएको छ ।

    कोरोना संक्रमण भएपछि शाक्य केही दिन घरमा र त्यसपछि होटल सोल्टीको आइसोलेशनमा बसेका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार