Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बिराटनगरका कोरोना संक्रमित पुरूषकाे धरानमा मृत्यु


    आइतबार, भाद्र २८ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बिराटनगरका ७० वर्षीय पुरुषको धरानमा मृत्यु भएको छ । उनकाे आइतबार दिउँसाे मृत्यु भएकाे हाे ।

    ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएसँगै गत भदौ १६ गते प्रादेशिक ल्याब बिराटनगरमा पीसीआर टेस्ट गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    संक्रमण पुष्टि भएपछि बिराटनगरस्थित म्याक्स अस्पतालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।

    गत भदौ १७ गते उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । उच्च रक्तचापका बिरामी रहेका उनको आइतबार दिउँसो निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार