Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेष्टुरेण्टबाट रेडपाण्डाको छालासहित ४ जना पक्राउ


    आइतबार, भाद्र २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रेडपाण्डाको छालासहित बाँकेबाट ४ जना पक्राउ परेका छन् ।

    बैजनाथ गाउँपालिका-१ गाभरस्थित डेनियल कटेज एण्ड रेष्टुरेण्टबाट आइतबार बिहान रेडपाण्डाको छाला १ थानसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

    रेष्टुरेण्टमा अवैध रुपमा जंगली जनावरको छाला ल्याई लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा बाँकेबाट खटिएको प्रहरीको टोलीले रेडपाण्डाको छालासहित सुर्खेतकाे भेरी गंगा नगरपालिका-१२ छिन्चु बस्ने ३६ वर्षीय देवबहादुर बाठासहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।

    उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकल समेत बरामद गरेकाे र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार