काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ९७ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा भेटिएका संक्रमितमध्ये १ सय ७८ महिला र ३ सय ५ जना पुरुष, भक्तपुरमा २२ महिला र ५९ पुरुष र ललितपुरमा १६ महिला र १७ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ कोरोना संक्रमित थपिएका छन् ।