Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निशुल्क पीसीआर परीक्षणकाे माग गर्दै सर्वोच्चमा रिट दायर


    आइतबार, भाद्र २८ २०७७
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पीसीआर परीक्षण गर्दा शुल्क नलिन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निशुल्क गराउन माग गर्दै दायर गरिएकाे रिटमा सरुवा रोगको उपचार निशुल्क पाइने जनस्वास्थ्य सेवा ऐनको दफा ३ को उपदफा ४(ग) मा प्रष्ट व्यवस्था भएको उल्लेख छ ।

    ‘संविधान र कानुनले गरेको व्यवस्थाविपरीत शुल्क लिन दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय उत्प्रेषणको आदेशले बदर, खारेजी गरी निशुल्क परीक्षण गर्नु/गराउनु भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा परमादेश जारी गरी पाउँ,’ आइतवार दायर गरिएकाे रिटमा भनिएको छ ।

    स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणका लागि गरिने पीसीआरको शुल्क तोकेको थियो । परीक्षणका लागि शुल्क तोकिनु संविधान र जनस्वास्थ्य सेवा ऐनको प्रतिकूल हुने भन्दै रिट दायर गरिएको हो । रिट निवेदनको पेशी भदौ ३० गतेका लागि तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार