काठमाडौं । आइतबार देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। योसँगै हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा १ हजार १ सय ७३ जना कोरोनाबाट निको भएका छन्। मन्त्रालयका अनुसार हालसम्म ३८ हजार ६ सय ९७ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म ३ सय ४५ जना मृतकमा कोरोना पुष्टि भएको छ।