Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायणकाजीको सचिवालयले बनायो ‘स्वयं सेवा टिम’


    आइतबार, भाद्र २८ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठको सचिवालयले आफ्नो मातहतमा  कोरोना भाइरस नियन्त्रणका लागि स्वयं सेवा अभियान सञ्चालन गर्ने भएको छ ।  श्रेष्ठको निजी सचिवालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै  कोभिड–१९ स्वयं सेवा(सीभीएस) गठन गरेको जानकारी दिएको हो । सीभीएस टिमले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारको कामलाई सफल बनाउने  र कोभिड संक्रणको मारमा परेकालाई सहयोग गर्ने विज्ञप्तिमा जानकारी दिइएको छ । 

    ‘तत्कालको मुख्य आवश्यकता भनेको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भई मानव जीवन रक्षा गर्नु हो।’ विज्ञप्तिमा भनिएको  छ‘ यस आवश्यकतालाई महसुस गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य,प्रवक्ता एवं सासद नारायणकाजी श्रेष्ठको निजी सचिवालय अन्तर्गत कोभिड–१९ स्वयं सेवाको गठन गर्ने निर्णय गरिएको छ।’ 

    सीभीएसले कोभिड उपचार सम्बन्धि प्रकिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गर्ने, मनोसामाजिक परामर्श दिने काम गर्ने श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको छ । त्यसैगरी आपतकालिन स्वास्थ्य परामर्श दिने, आप्रवासी श्रमिकको उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग गर्ने, कोभिड–१९ बारे सचेतना फैलाउने काम गर्ने जानकारी दिइएको छ।

    नेपाल सरकारको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी नीति, योजना र निर्देशलाई मुख्य मार्गनिर्देशन मानी त्यसको कार्यान्वयनका लागि काम गर्नु सीभीएसको मुख्य लक्ष्य रहेको बताइएको छ । 

    कोरोना उपचारमा सहजीकरण गर्ने, पीसीआर परीक्षणको रिपोर्ट आएपछि सम्बन्धित व्यक्तिसमक्ष छिटो पुर्‍याउनका लागि सरोकारवाला संस्थासँग समन्वय गरी काम गर्ने जानकारी दिइएको छ । संक्रमित बिरामीको उपचारका लागि अस्पतालको व्यवस्था गर्न तथा घरमै आइसोलेसन बस्नेका लागि सहजीकरणको काम पनि सीभीएसले भनिएको छ । 

    कोभिडका कारण विदेशमा समस्यामा परेकालाई नेपाल फिर्तीका लागि सहयोग गर्ने नेपाल आएर अलपत्र परेमा घरसम्म जाने वातावरण बनाउने काम पनि यसले गर्नेछ । समस्या परेमा सम्पर्क गर्न भन्दै कोभिड–१९ स्वयं सेवा(सीभीएस) टीममा सहभागी २८ जनाको सम्पर्क नम्बर समेत दिइएको छ । 

    सम्भव भएसम्मका सेवा गर्न सीभीएस तत्पर रहेको  र यस स्वयं सेवा कार्यमा अन्य व्यक्ति पनि जोडिन सक्ने श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार