Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा


    बुधबार, असार ६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिइएको छ । सुदूरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक बिदा दिएको हो ।

    हिजो सवारी दुर्घटनामा निधन भएका मन्त्री सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सूचना अधिकारीले जानकारी दिए ।

    उनका अनुसार मृतक सिंहको निधनमा आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने निर्णय समेत भएको छ ।

    गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुँदा मन्त्री सिंहसहित उनको धर्मपत्नी, भाउजूलगायतको निधन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार