Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्वासप्रश्वासमा समस्या आएपछि भारतीय गृहमन्त्री शाह अस्पतालमा


    आइतबार, भाद्र २८ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नयाँ दिल्ली। दुई साताअघि कोरोना संक्रमण मुक्त भएका भारतीय गृहमन्त्री अमित शाह पुन: अस्पताल भर्ना भएका छन् । उनलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिबार राति नै राति नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको हो।

    यसअघि दुई सातासम्म अस्पतालमा बसेर कोरोना संक्रमण मुक्त भएका उनीमा फेरि उस्तै लक्षण देखिएको हो । अस्पतालमा लगेर अक्सिजना दिएपछि भने उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

    पछिल्लो एक महिनाको अवधिमा उनी तेस्रोपटक अस्पताल भर्ना भएका हुन्। अधिक थकान र ज्यान दुख्ने समस्या देखिएपछि बीचमा पनि एकपटक उनलाई अस्पताल भर्ना गरिएको थियो।  छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार