Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङमा कार्यरत १६ सेनामा कोरोना संक्रमण पुष्टि


    आइतबार, भाद्र २८ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बेंसीसहर । लमजुङमा खटिएका नेपाली सेनाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार बिहान क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमित सेना लमजुङमा रहेको श्रीजंग गणका रहेको बताइएको छ । 

    यस्तैगरी बेसीशहरकी ५२ वर्षीय एक महिलाको चितवन मेडिकल कलेजमा स्वाब संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। उनको सोही अस्पतालमा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ।

    यसअघि पनि लमजुङमा कार्यरत नेपाली सेनाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थिए। योसँगै लमजुङमा कार्यरत नेपाली सेनामा कोरोना संक्रमितको संख्या ३८ जना पुगेको छ।

    अहिलेसम्म लमजुङमा नेपाल प्रहरीका ३६, संञ्चारकर्मी ७ र स्वास्थ्यकर्मी ७ जनामा कोरोना संक्रमित पुष्टि भैसकेको छ। योसँगै लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय २ जना पुगेको छ। उपचारपछि निको भई १३९ जना घर फर्किसकेका छन्। १ सय ६३ जनाको आइसोलेशनमा उपचार भैरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार