काठमाडौं । बसाइसराइ रोक्न तथा क्षेत्रीय विकासमा सन्तुलन ल्याउन सरकारले १२ वर्षअघि मध्यपहाडी लोकमार्गले छोएका १० वटा ठाउँमा नयाँ सहर निर्माण गर्ने योजना अघि सायो । पछि नयाँ सहरको संख्या थपिँदै गयो अहिले त्यस्ता सहरको संख्या ५४ वटा पुगेको छ, सरकारले पनि ती सहरका लागि कनिका छरे बजेट विनियोजन गर्ने गरेको छ ।
नयाँ सहर आयोजनका आयोजना प्रमुख एकराज अधिकारीका अनुसार ५४ वटा नयाँ सहरमध्ये अधिकांशमा एउटा भवन बन्ने जति रकम पनि छुट्याइएको छैन ।
सहरी विकास मन्त्रालयका अनुसार नयाँ सहरको प्रगति १२ वर्षमा बढीमा ५ प्रतिशत मात्र छ । नयाँ सहरको संख्या थपिंदै जाँदा प्रगति भने शून्यसरह भएको छ । सरकारले हरेक वर्ष २ र ३ अर्ब रुपैयाँ नयाँ सहरका लागि छुट्याउने गरेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले नयाँ सहरका लागि ३ अर्ब १७ करोड रकम छुट्याएको छ । तर पनि नयाँ सहर निर्माणका कामले भने गति लिन सकेको देखिन्न ।
आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले नयाँ सहरका लागि २ अर्ब ४ करोड रूपैयाँ छुट्टयाएको छ । सहरी विकास मन्त्रालयका उच्च कर्मचारीहरू भने पर्याप्त बजेट र प्राविधिक कर्मचारीको अभावले नयाँ सहर निर्माणले गति लिन नसकेको बताउँछन् ।
विकास मन्त्रालयका सहसचिव तथा नयाँ सहर आयोजना प्रमुख अधिकारीले १२ वर्षमा नयाँ सहरको प्रगति निकै सुस्त भएको स्वीकार गर्दै भने, ‘नयाँ सहरका लागि बजेट पर्याप्त भएन। ५४ मध्ये कुनै सहरमा त १ करोड मात्र बजेट राखिएको छ। एउटा भवन बन्ने जति पैसा नयाँ सहरका लागि छुट्टयाइएको छ,’ अधिकारीले भने, ‘१ करोड रूपैयाँले नयाँ सहर निर्माण हुन्छ ?”
सहरी विकास मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार नयाँ सहरको अवधारणा जसरी बनाइएको थियो, त्यसलाई हेर्दा अहिले नयाँ सहरको प्रगति बढीमा ५ प्रतिशत मात्र भएको छ । ती कर्मचारीले भने, ‘यो भनेको निकैयो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend