सिन्धुपाल्चोक। आज बिहानको ३ बजेको आसपासमा आएको भीषण पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । १८ घरका सबै बेपत्ता भएका छन् ।
भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनु भएको छ । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीयवासीले बताएका छन् । । घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् । पहिरोबाट भएको क्षतिको थप बिवरण आउन बाँकी छ ।
सिन्धुपाल्चोकमा गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।