Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतबाट भित्रियो १० महिनामा ५८ करोडको गोलभेंडा


    सोमबार, असार ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनामा भारतबाट ५८ करोड रुपैयाँको गोलभेडा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा भारतबाट ५८ करोड ३१ लाख रुपैयाँको गोलभेडा आयात भएको हो ।

    यस अवधिमा ताजा र अचार प्रयोजनका लाग गरी तीन क्याटोगोरीमा गोलभेडा भित्रिएको विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा ३ करोड १० लाख किलोग्राम गोलभेडा भित्रिएको विभागले सार्वजनिक गरेको १० महिनाको तथ्यांकमा उल्लेख छ ।

    यस अवधिमा भारतबाट गोलभेँडा यसरी निर्वाधरुपमा आउँदा स्वदेशी उत्पादनले बजार पाइरहेको छैन । हाल किसानले उत्पादन गरिरहेको टनेलको गोलभेडाको मूल्य प्रतिकिलो २ रुपैयाँ समेत पाइरहेका छैनन् । यो गोलभेडाको थोक मूल्य प्रतिकिलो ८ रुपैयाँ छ भने उपभोक्ताले ४० रुपैयाँसम्म तिरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार