Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रदेश १ मा कोरोना सङ्क्रमणबाट तीनको मृत्यु


    शनिबार, भाद्र २७ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • माेरङ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा  कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।  

    मृत्यु हुनेमा विराटनगरका एक पुरुष, ग्रामथानकी एक महिला र सुनसरी रामधुनीका एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले  आज जनाएको छ । प्रदेशमा मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ४७ पुगेको छ । 

    प्रदेशमा सो अवधिमा ७७ जना  सङ्क्रमित थपिएका छन् । एक हजार २१२ जनाको पिसिआर परीक्षण गरिएकोमध्ये २९ महिला र ४८ पुरुषको कोरोना पुष्टि भएको छ । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

    विराटनगरका ४६ जनामा सङक्रमण देखिएका मध्ये २१ महिला र २५ पुरुषको रहेका छन् ।  मोरङको बुढीगंगामा पाँच महिला र पाँच पुरुष, कटहरीमा चार पुरुष, ग्रामथानमा एक पुरुष र सुन्दरहरैचमा एक महिला, सुनसरीको इटहरीमा दुई महिला र छ पुरुष, इनरुवा र धरानमा दुई÷दुई पुरुष, रामधुनी र दुहवीमा एक÷एक पुरुष र उदयपुरको बेलकामा 
    एक पुरुषको कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    प्रदेशमा सङक्रमितको सङ्ख्या चार हजार ६९६ पुगेको छ । प्रदेशमा आज ३६ जना सङ्क्रमित निको भै घरफर्केका छन् ।

    कालिसदन आइसोलेशन विराटनगरबाट २०, बैजनाथपुर आईसोलेसन विराटनगरबाट नौ, मारवाडी सेवा सदन आईसोलेसन विराटनगरबाट चार र कोभिड –१९ आईसोलेसन केन्द्र रङ्गेली मोरङबाट तीन जना निको भएका छन् । 

    प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या दुई हजार ५६ पुगेको छ । प्रदेशमा हाल सम्म एक लाख छ हजार ९८६ को  पिसिआर परीक्षण भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार