Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश २ मा एक लाख १० हजार बढीको स्वाब सङ्कलन


    शनिबार, भाद्र २७ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुर । प्रदेश २मा पछिल्लो २४ घण्टामा १३२ जना  नयाँ सङ्क्रमित थपिएको छ । यसका साथै, सोही अवधिमा सप्तरीमा १६ , सिरहामा पाँच , धनुषामा एक, महोत्तरीमा सात, सर्लाहीमा ८०, बारामा १४  र पर्सा नौ जना गरी १३२ जना नयाँ सङ्क्रमित थपिएको हो ।  समेतगरी यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ८४५ पुगेको  समाजिक विकास मन्त्रालयले जनाएको छ ।

    यो समेत यस प्रदेशमा महिला एक हजार ९०७ र पुरुष नौं हजार ९३८ गरी यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ८४५ पुगेको छ । ती मध्ये ४२ जना उपचार गराइ आज निको भएर घर फर्केका छन् । योसमेत गरी अहिलेसम्म ६ हजार ३११ जना निको भएर घर फर्केका हुन् । 

    यस प्रदेशअन्तर्गतका विभिन्न आठवटै जिल्लाबाट अहिलेसम्म एक लाख १० हजार १३७ जनाको स्वाबको नमूना सङ्कलन गरिसकिएको छ । सोमध्ये ९३ हजार ५८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७०४ जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा कोरोनाको सङ्क्रमणबाट अहिलेसम्म १०८ जनाको मृत्यु भइसकेको छ ।

    यस प्रदेशअन्तर्गत रहेका १७० वटा क्वारेन्टिनमा आजसम्म ४३९ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४४८ जना, आइसोलेसनमा ८९० जना र होम आइसोलेशनमा चार हजार ५३६ जना बसेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार