Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउन उल्लंघन गर्ने ६ सय १७ नियन्त्रणमा, सडकमा २ घन्टा उभ्याइने


    आइतबार, चैत्र १६ २०७६
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १६ चैत । कोरोना भाइरसकको महामारी रोक्नका लागि सरकारले लकडाउनलाई थप कडाइ गर्दै लगेको छ । आइतबार मात्र लकडाउन उल्लंघन गरेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ६ सय १७ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ५ सय १२ पुरुष र १ सय ५ जना महिला रहेका छन् । बिहान साढे ७ बजेसम्ममै यति ठूलो संख्यामा पक्राउ परेका हृुन् । 

    अत्यावश्यक काम बिना सडकमा निस्किएका उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यस्तै १ सय १ सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

    नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई अब २ घन्टा सडकमा उभ्याउने भएको छ । अबदेखि विनाकारण सडकमा निस्कनेलाई पक्राउ गरी २ घन्टा उभ्याउने महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार