Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कछुवा बेच्न खोज्ने पाँचजना पक्राउ


    शनिबार, भाद्र २७ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले कछुवा बेच्न खोज्ने पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत जिल्लाका २५ वर्षीय सर्वराज बुढा, नुुवाकोटका १८ वर्षीय सुुरेन्द्र श्रेष्ठ, काभ्रेका २७ वर्षीय सन्तोष रम्तेल, रौतहटका  १८ वर्षीय रुपेश तिमल्सिना र नुवाकोटका १९ वर्षीय प्रमोद बाँस्कोटा छन् । 

    ३५ लाखमा बेच्ने योजनासहित उनीहरु एउटा कछुवा बोकेर चितवनबाट आएका थिए । काठमाडौँको कंलकीस्थित मकालु पेट्रोल पम्प नजिकैबाट कछुवासहित उनीहरु पक्राउ परेका हुन् ।

    शनिबार बिहान महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे। 

    अभियुक्तलाई हिरासतमा राखेर कारबाही अघि बढाइएको महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार