Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौँडा उपमहानगरको बजेट २ अर्ब ६० करोड


    शनिबार, असार २ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैँयाको बजेट ल्याएको छ । नगर उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

    उपमहानगरले संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ,आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रुपैयाँ, राजश्व बाँडफाँडबाट ५९ करोड १४ लाख १० हजार ७ सय ३० रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र व्यहोरिने गरि बजेट ल्याएको छ ।

    पूर्वाधार विकासतर्फ सबै भन्दा धेरै रकम १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार