Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण मृतकको संख्या ३३६ पुग्यो


    शनिबार, भाद्र २७ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । जुन कुराको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।  योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

    कोरोनाबाट बिरामी भएर थलिएका १६० जनाको आइसीयूमा उपचार भइरहेको छ भने २४ जना भेन्टिलेटरमा छन्।

    मन्त्रालयका अनुसार ११ पुरूष र ३ महिलाको कोरोना संक्रमणाबाट मृत्यु भएको हो । नेपालमा पछिल्लो २४ घन्टामा १२०१ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म देशभर ५३ हजार १११ जना संक्रमित भएका छन् भने ३७ हजार ५ सय २४ जना कोरोना मुक्त भइसकेका छन् ।

    नेपालमा अहिले १५ हजार २६० कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ३५४ जना रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार