काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७७ , ललितपुरमा ३७ र भक्तपुरमा १७ जनालाई कोरोना संक्रमण देखिएको छ।
यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार १ सय ३९ पुगेको छ।
काठमाडौंमा ९ हजार १ सय ३, ललितपुरमा १ हजार १ सय २९ र भक्तपुरमा ९०७ संक्रमित पुगेका छन्।