Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घन्टामा थप ८५२ जना कोरोना संक्रमित संक्रमणमुक्त


    शनिबार, भाद्र २७ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घन्टामा थप ८५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    यो सँगै नेपालमा ३७ हजार ५ सय २४ जना संक्रमित उपचारपछि निको भएका छन्।

    मन्त्रालयका अनुसार १० हजार १ सय ७६ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ८ लाख ३१ सय हजार ३ सय ६२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार ६ हजार ३ सय ४४ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार