Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्याे


    शनिबार, भाद्र २७ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना पुगेको छ। 

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    पछिल्लो २४ घन्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३७ हजार ५५४ उपचारपछि निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० छ। ९ हजार १०७ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार १५३ होम आइसोलेसनमा छन्। १० हजार १७६ सय जनाको आज पिसिआर परीक्षण भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार