Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैदिन चितवनका ९८ जनामा कोरोना पुष्टि


    शनिबार, भाद्र २७ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा एकैदिन चितवनका ९८ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ ।

    परीक्षणमा भरतपुर, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाका गरि ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सबैभन्दा धेरै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका मात्रै ७३ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिका २, खैरहनी नगरपालिकाका ४ जना र कालिका नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

    चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका ९ जना र रत्ननगर नगरपालिकाका २ जना रहेका छन् । चितवनमा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार