Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु


    शनिबार, भाद्र २७ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना हुनुभएका ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

    उच्च ज्वरो आएपछि अस्पताल पुग्नुभएका उहाँमा पिसिआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार