Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी अस्पताललाई मेसिन हस्तान्तरण


    शनिबार, भाद्र २७ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर   । विराटनगर महानगरपालिकाले कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताल विराटनगरलाई हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गर्नुभयो । निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरीद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको सो मेसिनको मूल्य रु. ३२ लाख रहेको सोही अवसरमा जानकारी दिइयो ।

    यसले धेरैजानाको परीक्षणको रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा चुमनलाल दासले बताउनुभयो । मेसिन सञ्चालनमा आएपछि २४ घण्टाका अवधिमा एक हजार पाँच सयको स्वाब परीक्षण गर्न मिल्ने छ । महानगरले यसअघि एक थान पिसिआर मेसिन अस्पताललाई प्रदान गरेको छ । महानगरपालिका प्रमुख पराजुलीले जनताको स्वास्थ्य सुरक्षामा सक्दो काम गर्ने बताउदै प्राप्त मेसिनवाट नगरवासीले सहज र छिटो रिपोर्ट पाउनेछन् भन्नुभयो ।  रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार