चितवन । कोरोना भाइरस संक्रमणबाट चितवनमा थप एक ६१ वर्षीय पुरुषको ज्यान गएको छ ।पीसीआर परीक्षणका क्रममा थप ८७ संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणबाट हिजो साँझ ७ बजे चितवनको राप्ती नगरपालिका–५ बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।यस्तै पीसीआर परीक्षणका क्रममा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालकी प्रमुख डा. नीतु अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
