Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालिका बलात्कार अभियोगमा कुमाल पक्राउ


    शुक्रबार, भाद्र २६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रहरी कार्यालयले १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन् ।

    पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिनुभयो । बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार