Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुकुरसहित एकै घरका तीनको हत्या


    शुक्रबार, भाद्र २६ २०७७
    545
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेको अवस्थामा आज शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमा रहेको चारतले घरमा कुकुरसहित सुदिप अधिकारीको परिवारका तीन जनाको हत्या गरेको अवस्थामा शव फेला परेको हो । 

     आफ्नै घरको चौथो तलाको भान्छाबाट कौशीमा निस्कने ठाउँमा ३६ वर्षीय सुदिप अधिकारी, दोश्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेश्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । दोश्रो तलाको भ¥र्याङ नजिकै कुकुरसमेत मरेको अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो । 

     आज करिब ४ः०० बजे मृतकका भाइ सुनिल अधिकारीले दाजुको घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झनाको शव, तेस्रो तलामा सुशान्त तथा माथिल्लो तलामा सुदिपको शव फेला परेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । मृतकका भाइ सुदिपका अनुसार घरको पहिलो तल्लादेखि माथिका सबै तलाको ढोकामा चुकुल नलगाएको अवस्था थियो । मृतकको घरसँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका परिवार बाहिर ननिस्किएको जानकारी दिनुभयो । 

     तीन दिन अघिसम्म मृतकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिदै उहाँले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने लागेको बताउनुभयो । मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि घटेको हुनसक्ने प्रहरीको अनुमान छ ।

     घट्नास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखाको अनुसन्धान विज्ञ टोलीसहितले राति ८ः३० बजेपछिसम्म घटनास्थलमै रहेर अनुसन्धान गरेको छ । महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० दीपक थापाले घरका तीन जनाको शंकास्पद मृत्यु भएको पाइएको जानकारी दिनुभयो । कुनै धारिलो हतियार प्रयोग गरेर हत्या गरेको नपाइएको जानकारी दिँदै उहाँले अनुसन्धान जारी रहेकाले अहिले नै यही हो भनेर भन्न नसकिने बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार