Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सवारी पास किर्ते गर्ने पक्राउ


    शुक्रबार, भाद्र २६ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरी होल्डिङ सेन्टरमा लैजानका लागि जारी गरिने सवारी पास किर्ते गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पास किर्ते गरेको फेला पारेपछि आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा पानस ब्याङ्क्वेट होल्डिङ सेन्टरमा नेपाल टेलिकमको सिम वितरण गर्ने डिलरका प्रतिनिधि गोरखा आरुघाट घर भई हाल कपुरधारा बस्ने विश्वप्रकास पनेरु रहेका छन् । 

    उनलाई शङ्कास्पद कागजातसहित पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको व्यूरोका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिएका छन् । उनको साथबाट कोभिड–१९ सङ्कलन व्यवस्थापन केन्द्रबाट सही गरेको र नगरेको सवारी पाससमेत बरामद गरिएको जनाइएको छ । उनले यसरी किर्ते गरेर प्रतिपास रु दुई हजार लिने गरेको खुल्नआएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार