काठमाडौं . जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ। कोभिड–१९ संक्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौं प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गरी अति आवश्यक परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ।
व्यावसायिक अंग्रेजी परीक्षा, टोफेल/आइइएलटिएस, जिआरइ, जिएलएफडब्लु, जिम्याट, भाषा परीक्षालगायतका परीक्षा सञ्चालन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ। उक्त परीक्षा भदौ ३ गतेदेखि बन्द भएको थियो।