Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाको एकता महाधिवेशन चैतमा गर्ने निर्णय


    शुक्रबार, भाद्र २६ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महाधिवेशन आगामी चैतमा गर्ने निर्णय भएको छ।

    शुक्रबार बसेको स्थायी समिति बैठकले ०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

    महाधिवेशनबारे छलफल गर्न नेकपाले केन्द्रीय समितिसमेत आह्वान गरेको छ।

    कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकमा महाधिवेशन तयारीबारे छलफल हुने श्रेष्ठले जानकारी दिए।

    नेकपाको जारी स्थायी कमिटी बैठक आज सकिएको उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार