Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडाैँ उपत्यकामा थपिए ६९६ जना कोरोना संक्रमित


    शुक्रबार, भाद्र २६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ६ सय २०, भक्तपुरका ३८  र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यस्तै, शुक्रबार नेपालमा थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ। संक्रमितमध्ये ३६ हजार ६ सय ७२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३ सय २२ जनाको मृत्यु भएको छ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार