Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्रबार थपिए १४ सय ५४ जना कोरोना संक्रमित, डिस्चार्ज भए ९७२ जना


    शुक्रबार, भाद्र २६ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९ सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ। क्वारेन्टिनमा  ६ हजार ७८ जना छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार