काठमाडौं । केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ ।
कोठा गरि बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने यहाँ अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरू जताततै देख्न पाइन्छ । कोरोना संक्रमणका कारण चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरू खाली भएका हुन् ।
कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटर खाली हुन थालेका छन भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिक गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरु खाली छन् ।
यहीँ भएकाहरू पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ । यति मात्रै होइन काठमाडौंको बसाइँ टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी छ । होटल, रेष्टुरेण्ट, होस्टल देखि अधिकांश व्यवसाय गर्ने व्यवसायीले व्यवसाय नै बन्द गरेर घर खाली गराएका छन् ।
केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ ।
कोठा गरि बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने यहाँ अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरू जताततै देख्न पाइन्छ । कोरोना संक्रमणका कारण चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरू खाली भएका हुन् ।
कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटर खाली हुन थालेका छन भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिक गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरु खाली छन् ।
यहीँ भएकाहरू पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ । यति मात्रै होइन काठमाडौंको बसाइँ टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी छ । होटल, रेष्टुरेण्ट, होस्टल देखि अधिकांश व्यवसाय गर्ने व्यवसायीले व्यवसाय नै बन्द गरेर घर खाली गराएका छन् ।
कति कोठा खाली भए भन्ने आधिकारिक तथ्यांक नभए पनि अधिकांश घरमा कोठा खाली छन् । काठमाडौं अनामनगरका एक घरधनी हरिप्रसाद पराजुली उपत्यकाभरि नै एकनासको समस्या रहेको बताउँछन् । अनामनगर क्षेत्रमा मात्रै नभएर उपत्यकाभरि नै सटर र फ्ल्याट ठूलो संख्यामा खाली भएको उनको भनाइ छ ।
कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम सुरु नहुँदासम्म यहाँका घरधनीले ठूलो समस्या भोग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले लकडाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कोरोनासँगै लड्दै अगाडि बढ्ने प्रयत्न गर्नुपर्ने उनले बताए ।
अहिले काठमाडौंका जुनसुकै स्थानमा पुगे पनि घर खाली रहेको सूचनाहरू टाँसेको देख्न सकिन्छ । पछिल्ला वर्षमा फ्ल्याट नै भाडामा दिने प्रचलनले भाडामा बस्ने पीडित बनिरहेका थिए । कहिले कोठा खोज्ने दलालको फन्दामा सर्वसाधारण पर्दै आएका थिए त कहिले घरबेटी नै अनावश्यक रुपमा भाडा असुल्दै आएका थिए ।
तर, अहिले अवस्था फेरिएको छ । डेरवालले छानीछानी सस्तोमा कोठा लिन पाउँछन् । भाडामा बस्नेहरूको संख्या घट्दै घएपछि ऋण काढेर घर बनाएकालाई भने समस्या देखिएको छ । कोठाभाडा नै आम्दानीको स्रोत भएका घरधनीलाई बैंकको किस्ता तिर्न र दैनिक गुजारा गर्नसमेत समस्या देखिएको छ ।