काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति बैठकमा कडा रुपमा प्रस्तुत भएका छन् । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रस्ताव उपेक्षा गरेकाले पनि यसरी कडा रुपमा आएको बुझिएको छ ।
नेता नेपालले कार्यदलको प्रतिवेदनमा अहसमति राखेका थिए । ती बुँदालाई पूर्णरुपमा उपेक्षा गरिएको भन्दै उनले आजको बैठकमा असन्तुष्टि व्यक्त गरेका हुन्।
पार्टीभित्र प्रणाली तथा प्रवृत्तिको सुदृढीकरणका लागि आफूले राखेको मतको वेवास्ता भएको उनको भनाइ थियो। ‘दुई अध्यक्षले सहमति गर्दैमा पार्टीका समस्या हल हुँदैनन् समस्या सम्बोधनका लागि औँल्याएका बुँदाको वेवास्ता भएको छ,’ बैठकमा उनले भनेको कुरा उद्धृत गर्दै एक स्थायी समिति सदस्यले जानकारी दिए।
नेता नेपालसहित १० जनाले अहिलेसम्म आफ्नो धारणा राखिसकेका छन् ।
नेता नेपालले एक व्यक्ति एक पदको विषयमा कार्यदल मौन रहेको,बहुमतको निर्णयको पालनाकोबारे केही उल्लेख नगरेको, दुई अध्यक्षको जिम्मेवारीमा मूलत भन्ने शब्दावली ठीक नरहेको विषयलाई जोडदार रुपमा बैठकमा राखेको ती स्थायी समिति सदस्यले बताए । यस्तै पार्टीका समितिको भूमिका खुम्च्याउन खोजेको, गुटबन्दीको कारकलाई पहिचान गर्न नसकेको जस्ता विषयलाई बैठकमा उठाएका हुन् ।
आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको साझा प्रस्तावमाथि छलफल भैरहेको छ। असार १० गतेदेखि सुरु भएको बैठक शुक्रबार नै टुंग्याउने तयारी रहेको छ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने यसअघि नै आफ्नो धारणा राखेर बैठकबाट बाहिरिएका थिए । उनले बैठक सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend