काठमाडौ । नेपाल एयरलाइन्सको एयरबसले पहिलोपटक मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलका लागि नियमित उडान सुरू गर्ने तयारी गरेको छ ।
भोलि मंगलबारबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवा विमान स्थलमा अवतरण हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिएका छन्।
मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत् भोलि आउने जहाजलाई स्वागत गर्न मन्त्री किराती आफै विमानस्थल पुग्ने जानकारी दिएका हुन्।
आज काठमाडौँबाट मलेसियाका लागि उडान भर्ने उक्त एयरबस भोली बिहान ७ः४० मा भैरहवा विमानस्थलमा पहिलोपटक अवतरण गर्नेछ। त्यसपछि उक्त एयरबस काठमाडौँ आउनेछ।
परीक्षण तथा अन्य उडान गरेको भएपनि नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा नियमित उडान मंगलबारबाट हुन लागेको हो।

काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend