Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा १० वर्षमा ४० लाख रोजगारी सिर्जना भयाे : विश्व बैंक


    शुक्रबार, भाद्र २६ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौैं । विश्व बैंकले पछिल्लो १० वर्षमा नेपालमा ४० लाख रोजगारी सिर्जना भएको जनाएको छ ।

    नेपालको रोजगारीसँग सम्बन्धित एक रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले कृषि क्षेत्रमा युवाको आकर्षण र साना तथा मझौला व्यवसायमा भएको वृद्धिका कारण ४० लाख रोजगारी सिर्जना भएको जनाएको हो । अस्थायी प्रकृतिका रोजगारी  र महिला उद्यम निकै बढेको विश्व बैंकको रिपोर्टमा उल्लेख छ ।

    निर्माण क्षेत्रमा भइरहेको विस्तार र युवाहरु नवप्रवर्तनका व्यवसायमा आकर्षित हुँदा पनि रोजगारी बढेको रिपोर्टले जनाएको छ । सन् २००८ मा नियमित तलब पाउने जागिरे १७ प्रतिशत रहेकोमा सन् २०१८ मा बढेर २४ प्रतिशत पुगेको विश्व बैंकले जनाएको छ ।

    नेपालमा व्यवसाय सञ्चालनको वातावरण बढ्दै गएकाले साना तथा मझौला र नवप्रवर्तनका व्यवसाय बढ्ने पनि विश्व बैंकको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार