Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार कैदीबन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि


    शुक्रबार, भाद्र २६ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन् ।

    भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते मृत्यु भएका १ जनाको कोरोना संक्रमण पुष्टि भएको जेलर लक्ष्मी बास्कोटाले जानकारी दिए ।

    केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमध्ये ४ जनाको भदौ १६ गते मृत्यु भएको थियो । तीमध्ये एक जनाको मृत्युअघि नै कोरोना पुष्टि भएको थियो ।

    कोरोना पुष्टि भएका ४ जनामध्ये २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका थिए । उनीहरु सबै केन्द्रीय कारागारकै अस्पतालमा उपचाररत थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार