Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीलाई यातायात व्यवसायीहरुले भनेः असोज १ गतेबाट गाडी चलाउँछौं


    शुक्रबार, भाद्र २६ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । यातायात व्यवसायी र मजदूरहरुले सरकारलाई असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका छन् ।

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग भेट गर्दै यातायात व्यवसायीहरुले असोज १ गतेबाट छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने बताएका हुन् । उनीहरुले सरकारले यातायात चलाउन सहजीकरण नगरे जर्बजस्ती चलाउने बताएका छन् ।

    ‘विदेशबाट फर्किएका हवाई यात्रुहरुलाई आफ्नो गन्तव्यसम्म पुर्याउनका लागि सरकारले (सिसिएमसी) माफृत सञ्चालन गरेको होल्डिङ सन्टरमार्फत यातायात व्यवस्थापन गर्दा लाखौं अनियमितता भएको विषय सञ्चार माध्यममार्फत सार्वजनिक भएको छ । उक्त घटनाको तत्काल छानबिन गरी दोषी माथि कडा कारबाही गर्न अनुरोध छ’, मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।

    त्यस्तै उनीहरुले काठमाण्डु उपत्यकामा माइक्रोबस र टेम्पो सञ्चालन गर्न दिनुपर्ने माग राखेका छन् ।

    यातायात व्यवसायीहरुका मागप्रति मन्त्री नेम्वाङ सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनले प्रधानमन्त्री, सिसिएमसीसँग छलफल गरेर आवश्यक निर्णय गर्ने जवाफ दिएका थिए ।

    लकडाउनका कारण विगत ६ महिनादेखि सार्वजनिक यातायात बन्द छन् । सरकारले चैत ११ देखि जारी गरेको लकडाउनका कारण छोटा तथा लामो दूरकिा सवारी साधन चल्न नसकेका हुन् । तर, व्यवसायीहरुले अब भने जर्बजस्ती यातायात सञ्चालन गर्ने बताउँदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार