Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रेरक प्रसंग


    शनिबार, चैत्र १५ २०७६
    3K
    Shares
  • ३ मिनेट पाठ
  •  
                                मनको अहंकार

    धैरै समयअघिको घटना हो । एक धार्मिक बिचारका राजा थिए । तर उनको मनमा भने कहिल्यै शान्ती हुँदैनथ्यो । तिनै राजासँग भेटघाट गर्न एकपटक एक साधु दरबारमा पुगे । साधुको स्वागत गर्न पाउँदा राजा खुसी भए । हृदयदेखिनै खुसीहुँदै राजाले भने साधु महाराज हजुरले मेरो दरबारमा पाइला राखेर यसलाई पवित्र तुल्याईदिनु भएकोछ । म हजुरलाई बिशेष भेट अर्पण गर्न चाहान्छु ।
    भन्नुहोस् हजुरलाई के उपहार दिऊँ । राजाको अचानकको प्रश्नले साधु अचम्ममा परे । उनले भने महाराज मलाई कुनै उपहारको आबश्यक छैन् ।तैपनि हजुरले श्रदापूर्बक जे दिनुहुन्छ ,मलाई त्यहि स्वीकार्य छ । साधुको कुरा सुनेपछि हर्षित हुँदै राजाले भने साधु महाराज म हजुरलाई मेरो आधा राज्यसर्मपण गर्न चाहान्छु ।

      राजाको प्रस्ताब सुनेर साधुले भने महाराज यो राज्य त यहाँका जनताको हो । राजा त केबल त्यसको संरक्षक हो । 
    त्यसैले जुन कुरा हजुरको होइन , त्यो कसरी मलाई उपहार दिन सक्नु हुन्छ ?
    साधुको प्रश्न सुनेर राजाले भने ठिकैछ । त्यसो भए म हजुरलाई यहि दरबार उपहार दिन्छु ।कृपया स्वीकारनुस् ।सुनेपछि साधुले भने महाराज  यो दरबार त हजुरलाईराजकाज चलाउन सजिलोहोस् भनेर जनताले बनाइदिएका हुन । यसलाई तपाँई उपहारमा कसैलाई दिन सक्नु हुन्न ।साधुको भनाई सुने पछि राजाले भने त्यसो भए म आफ्नो शरिर हजुरलाई उपहार दिन्छु ।

      साधुले भने महाराज हजुरको यो शरिर महारानी , राजकुमार र राजकुमारीको हो । यसलाई हजुर कसैलाई पनि उपहारमा दिन सक्नु हुन्न ।साधुको कुरा सुनेर राजा चिन्तामा डुबे । राजालाई चिन्तित देखेर साधुले भने चिन्तित हुनु पर्ने कारण छैन महाराज हजुर आफ्नो मनमा भएको अहंकार मलाई दिनुहोस् । किनकी अहंकार नै सबैभन्दा कडा बन्दन हो ।यसैका कारण हजुरको मनमा शान्ती छाउन नसकेको हो ।साधुका भनाईले राजाका आँखा खुले ।उनले त्यसैदिनदेखि सम्पूर्ण अहंकार त्यागीदिए र शान्तीपूर्वक दिनहरु बिताउन थाले । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार