काठमाडौं । प्रहरीमा चार डीआईजीसहित २६ सय ४२ जनालाई कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ८ सय ६६ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।
१२ सय चारजना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १ सय ४४ र काठमाडौं उपत्यकाका ७ सय २२ जना सक्रिय संक्रमित छन् ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १ सय ५४, प्रदेश २ मा ९२, बागमती प्रदेशमा ८२, गण्डकीमा ८१, प्रदेश ५ मा १ सय २, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।