Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साउदीमा काम गर्न जान अब एसईई पास अनिवार्य 


    आइतबार, जेष्ठ २८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालबाट साउदी अरबमा काम गर्न जाने कामदारहरुले एसईई पास गरेको हुनुपर्ने भएको छ । नेपालस्थित साउदी दूतावासले एसईई वा एसएलसी उत्तीर्ण नगरेकाहरु साउदी अरब जान नपाउने गरी नयाँ व्यवस्था लागू गरेको हो ।

    साउदी दूतावासले जारी गरेको आफ्नो ‘नोटिस बोर्ड’मा परराष्ट्र मन्त्रालयबाट शैक्षिक योग्यताको प्रमाणपत्र प्रमाणिकरण गरेर फेरि साउदी दूतावासबाट प्रमाणिकरण गराउनुपर्ने उल्लेख छ ।

    साउदीमा धेरै नेपालीहरुले काम गरिरहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत वर्षमात्रै करिब २ लाख नेपालीले श्रम स्वीकृति लिएर काम गर्न साउदी गएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार