Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • अपराध महाशाखाका ७ प्रहरीमा कोरोना संक्रमण


    शुक्रबार, भाद्र २६ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। महाशाखाका एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो।

    उनीहरूलाई नेपाल प्रहरी अस्पताल, दुई नम्बर गणको आइसोलेशन र होम आइसोलेशनमा राखिएको छ।

    संक्रमितहरूमध्ये चार जना महाशाखाकै कार्यालयका हुन् भने अरू महाशाखा अन्तर्गतका युनिटका हुन्। उनीहरूको विभिन्न मितिमा संक्रमण देखिएको थियो। महाशाखाका २२ जनाको स्वाब परीक्षण गराउँदा ७ जनामा संक्रमण देखिएको हो।

    थप १९ जना प्रहरीको कोरोना परीक्षणको लागि स्वाब पठाएको महाशाखाका एसएसपी दीपक थापाले बताए।

    उनीहरूको रिपोर्ट आउन बाँकी छ। महाशाखाले गत सोमबार बागबजारबाट चार जनालाई नक्कली प्रेसकार्ड बनाएको आरोपमा पक्राउ गरेको थियो। त्यसमध्ये एक जनामा कोरोना संक्रमण देखिएको थियो। उनीबाट नै महाशाखामा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार