Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • चितवनमा थपिए ५४ जना कोरोना संक्रमित


    शुक्रबार, भाद्र २६ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनमा शुक्रबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४० सहित ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो।

    यसअघि शुक्रबार बिहानमात्रै भरतपुर अस्पतालको कोभिड-१९ परीक्षण प्रयोगशालाले उपलब्ध गराएको विवरणमा चितवनका ३१ सहित ३४ जनामा कोरोना पोजेटिभ देखिएको थियो।

    शुक्रबार एकैदिन चितवनका ७१ जना कोरोना संक्रमण पुष्टि भएको हो। चितवन मेडिकल कलेजको प्रयोगशालामा भएको परीक्षणमा संक्रमित पुष्टि भएकाहरू १३ देखि ७८ वर्ष सम्मका छन्।

    भरतपुर महानगरपालिकाका मात्रै ३४ जना छन्। उनीहरूमध्ये भरतपुर–१० का मात्रै ९ जना छन्। खैरहनी नगरपालिकाका ४ जना र रत्ननगर नगरपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित अन्य नवलपुर, बारा, रुपन्देही, तनहुँ, मकवानपुर र गोरखा जिल्लाका रहेको ल्याबका प्रमुख डा.नविनकुमार चौधरीले जानकारी दिए। 

    २ सय ६७ नमूनाको परीक्षण गरिएकोमा अन्यको नतिजा भने नेगेटिभ आएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार