Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी मेडिकल कलेजका अध्यक्ष पोखरेललाई कोरोना


    शुक्रबार, भाद्र २६ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा । लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

    लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलले बुधबार यसको पुष्टि गरेको हो। उनी अहिले पाल्पास्थित होम आइसोलेशनमा बसिरहेको बताइएको छ।

    उनको अवस्था सामान्य रहेको कलेजका सचिव निर्दोष खनालले बताए। ‘जनताको सेवा गर्ने क्रममा उहाँलाई कोरोना संक्रमण भएछ’ उनले भने, ‘छिट्टै निको भएर उहाँ पुनः जनताको सेवामा फर्कनु हुनेछ। हामी आशा गरेका छौं।’

    संक्रमणको लक्षण नदेखिएकाले पोखरेल अहिले चिकित्सकको परामर्श लिएर होम आइसोलेशनमा बसेका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार