Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमण रोक्न नेपाललाई सहयोग गर्ने भारतको प्रस्ताव


    शनिबार, चैत्र १५ २०७६
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १५ चैत । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतले नेपाललाई सहयोगको प्रस्ताव गरेको छ ।

    भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले शुक्रबार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् । भारतले कोरोना भाइरस संक्रमण रोक्न मंगलबारदेखि २१ दिनको लकडाउन घोषणा गरेको छ । जनता कफ्र्युमा पनि मानिस बाहिर निस्केर संक्रमित बढेपछि भारतले ३ साता लकडाउन घोषणा गरेको हो । 

    कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप भारत र्यापिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन तयार छ भनेर भारतीय मिडियाले लेखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार