Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी पक्राउ


    बिहिबार, भाद्र २५ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न फरार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोल्हवी नगरपालिका–४ का हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी रहेका छन् ।

    कुर्मीलाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।  

    लुकिछिपी बसेका कुर्मीलाई कोल्हवी नगरपालिका– सपही टोलबाट पक्राउ गरिएको एसपी पंगेनीले बताए । उनले भने, ‘पक्राउ परेका कुर्मीमाथि थप अनुन्धान भइरहेको छ ।’

    कुर्मीलाई जिल्ला अदालत बाराबाट म्याद थप्ने तयारी भइरहेको प्हरीले जनाएको छ । कोल्हवी नगरपालिका बाराको सदरमुकाम कलैयादेखि २० किलोमिटर उत्तर पूर्वमा पर्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार